adv

संचालनमा आयो बिर्तामोडमा जाइन्ट कम्पनीका साइकलको सोरुम

बिर्तामोड, भदौ ५ । झापाको बिर्तामोडमा जाइन्ट कम्पनीका साइकलको सोरुम सञ्चालनमा आएको छ ।

बिर्तामोडको सिटी सेन्टरमा “द हिमालयन माउन्ट बाइक सर्भिस सेन्टरले” साइकल पारखीका लागि अब झापामै बिक्री केन्द्रको रुपमा सोरुम सञ्चालनमा ल्याएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरेर सोरुम सञ्चालनमा ल्याएको सञ्चालकमध्येका एक बुद्धभूषण योञ्जनले जानकारी दिए ।

“साइकल चलाऔँ, स्वस्थ्य बनौं ” भन्ने नाराका साथ  जाइन्ट कम्पनीका साइकल बिक्री सुरु गरेर सेन्टरले झापामा साइकलयात्री र साइकलका पारखीहरुका लागि सहज बनाएको योञ्जनले बताए ।

एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको साइकल सोरुमका सञ्चालकहरुमा योञ्जनसहित योगेन्द्र थापा, धनराज मगर र राजीव धिमाल रहेका छन् । सोरुममा ३३ हजारदेखि पाँच लाख रुपैयाँसम्मका साइकलहरु उपलब्ध रहेको धनराज मगरले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु