adv
adv

झापाको मेचीनगरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टी

मेचीनगर ,५ भदौ । झापाको मेचीनगर नगरपालिकामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

काकरभिट्टा स्थीत सामुदायिक भवनको क्वारेन्टिनमा बस्दै आएका १० बर्षिया बालिका सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टी भएकाहरु मेचीनगर २ का १० बर्षिया बालिका सहित मेचीनगर ४ का २१ बर्षिय पूरुष, मेचीनगर ६ र ७ का २३/२३ बर्षका दुई महिला रहेको मेचीनगरका सामाजिक बिकास समितिका संयोजक नबिन बरालले जानकारी दिए ।

उनीहरुको भदौ २ गते स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि धरानस्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएकोमा आज प्रतिष्ठानले जारी गरेको रिपोट अनुसार २ महिला, १ पूरुष र १ बालिकामा कोरोना संक्रमण पुष्टी भएको मेचीनगरका सामाजिक बिकास समितिका संयोजक नबिन बरालले जानकारी दिए ।

उनीहरु भारतबाट आएका हुन् । यो संगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १०६ पुगेको छ । संक्रमित मध्ये ९२ जना निको भएर घर फर्किएका छन् ।

आजका ४ जनासंगै झापामा कोरोना संक्रमितको संख्या ४७९ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ३८३ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु