माङसेबुङ । इलामकाे माङसेबुङ गाउँपालिकामा काेराेना भाइरस परिक्षण (पीसीआर) रिपोर्ट सबै नगेटिभ आएको छ । एक साता अघि स्वाब संकलन गरि परिक्षणका लागि पठाइएकाेमा सबै जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे हाे ।
माङसेबुङका जनप्रतिनिधि, कर्मचारी र अन्यत्रबाट आएका ४१ जनाको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि पठाइएको थियो ।
गाउँपालिका कोभिड फोकल पर्सन दिपक ल्वागुनका अनुसार स्वाब पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको हाे ।