adv
Advertise Expired !

सेभिल्लाले छैटौं पटक युरोपा लिग फुटबलको उपाधि चुम्यो

काठमाडौ,६ भदौ । युरोपा लिग फुटबलको उपाधि छैटौं पटक स्पेनिस क्लब सेभिल्लाले जितेको छ । शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलार्य ३–२ ले पराजित गरेर सेभिल्लाले उपाधि जितेको हो ।

सेभिल्लाका डिफेन्डर डिएगो कार्लोसले रोमेलु लुकाकुलाई फल गरेपछि इन्टरले खेलको सुरुवातमै पेनाल्टी पाएको थियो । लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई खेलको ५औं मिनेटमै अग्रता दिलाएका थिए ।

खेलको १२औं मिनेटमा जिसस नाभास र ३३औं मिनेटमा इभर बानेगाको हेडिङलाई गोलमा परिणत गर्दै सेभिल्लाका लागि लुक डी जोङले गोल गर्दै सेभिल्लालाई २–१ को अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमै ३५औं मिनेटमा इन्टर मिलानका डिएगो गोडिनले खेललाई २–२ मा पुऱ्याए ।

खेल सकिन १६ मिनेट अगाडि डिएगो कार्लोसको ‘ओभर–हेड’ प्रहार रोमेलु लुकाकुबाट डिफ्लेक्ट हुँदै निर्णायक गोलमा परिणत भएको थियो । लुकाकुको आत्मघाती गोलपछि भने इन्टरको युरोपेली उपाधिका लागि १० वर्षको प्रतीक्षा कायम रह्यो ।

यस्तै नौ वर्षयता इन्टरले कुनै उपाधि जित्न सकेको छैन । सेभिल्लाले युरोपा लिगको इतिहासमा फाइनल खेलेको यो छैटौं पल्ट हो र उसले कुनै पनि अवसरमा हार बेहोर्नु परेको छैन । सेभिल्लाले सन् २०१४–२०१६ बीच लगातार तीन पल्ट युरोपाकप जितेको थियो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु