काठमाडौँ, ६ भदौ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेता नेपालको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका ९ जनामा संक्रमण देखिएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
गत साउन २५ गतेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएका उनीहरुको गएको बुधबार फेरि परीक्षण गरिएको थियो।
तर नेता नेपालसहित उनको परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ।
दोस्रोपटकको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आए पनि उनीहरु कसैमा पनि कोरोनाको कुनै लक्षण भने नदेखिएको बताइएको छ।

