adv
adv

दमकमा थप १६ जनामा काेराेना संक्रमण पुष्टि

दमक, ६ भदाै । झापाकाे दमक नगर क्षेत्रमा काेराेना संक्रमणकाे उच्च जाेखिममा देखिएकाे छ । दमकमा थप १६ जनामा काेराेना भाइरस पुष्टि भएपछि दमक अझ जाेखिममा देखिएकाे हाे ।

आज आएको रिर्पोट अनुसार संक्रमितहरुमध्ये अधिकांश कर्मचारी रहेकाे समाचार स्राेत जनाएकाे छ । श्रोतका अनुसार संक्रमित मध्ये नेपाल विद्युत प्राधिकरण दमकमा कार्यरत ६ जना कर्मचारीमा कोरोना देखिएको हो ।

यस्तै दमकको पाथिभरा होटल क्वारेन्टाइनमा बसेका ८ जना, एक जना समुदाय स्तरमा देखिएको बताइएको छ । संक्रमण देखिएका एक जनाको भने कुन कार्यालयमा कार्यरत खुल्न बाकीँ रहेका छन् ।

आज संक्रमण देखिएका ३ जना महिला हुन भने अरु पुरुष रहेका छन् । गत मगंलबार दुई सय २७ जनाको स्वाब संकलन गरी पठाएकोमा १६ जनामा कोरोना देखिएको हो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु