
इलाम,६ भदौ । इलामको देउमाई नगरपालिका स्थित जितपुर प्रहरी चौकीमा कार्यरत एक जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
यसअघि इलाका प्रहरी कार्यालयका एक जनामा भाइरसको संक्रमण पुष्टि भएपछि कन्टयाक टे«सिङ्गका आधारमा ७६ जनाको स्वाब संकलन गरेर परिक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको देउमाई नगरपालिकाले जनाएको छ ।
उनलाई इलाम सदरमुकाम स्थित आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । याेसंगै इलाममा कोरोना संक्रमितको संख्या ८७ पुगेको छ ।

