दमक, ६ भदाै । झापाकाे दमक नगर क्षेत्रमा लकडाउन एक साता थप गरिएकाे छ । नगरपालिकामा आज बसेको सर्वपक्षीय छलफलले अहिलेको लकडाउनलाई आगामी एक हप्ता सम्म कायम राख्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी अधिकाङ्शले थप एक साता लक डाउन लम्ब्याउन सुझाव दिएपछि नगरपालिकाले अहिलेकै लकडाउनलाई आगामी एक साता लम्ब्याउने निर्णय गरेको हो ।
लकडाउन भदौ १३ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो । लकडाउनलाई एक साता लम्ब्याएर पीसीआर परिक्षण बढाउने नगरपालिकाले तयारी गरेको छ ।

