adv
adv

अस्पताल डुलाउँदा डुलाउँदै वडाअध्यक्षको मृत्यु

झापा,६ भदौ  । सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ ।

शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीले जानकारी दिए ।

धरानमा जाँच गराउँदा भेन्टिलेटर चाहिन्छ भन्यो’ अन्सारीले भने ‘धरानमा भेन्टिलेटर खाली थिएन, विराटनगरका अस्पतालले पनि छैन भनेपछि विर्तामोड पुर्‍याइयो । तर उपचार हुन पाएन ।’

धरानबाट एम्बुलेन्समा बिर्तामोड पुर्‍याइएका यादवको मुटुको भल्वमा ब्लक भएको देखिएपछि बीएण्डसीले सुविधासम्पन्न अस्पताल लैजान भन्यो । बीएण्डसीमा उपचार नहुने भएपछि फर्काउदै गर्दा बाटोमै मृत्यु भएको हो ।

कोरोना महामारीका कारण धरान र विराटनगरका अस्पतालले भेन्टिलेटर खाली नभएको बताएपछि यादवलाई डुलाउँदा डुलाउँदै मृत्यु भएको अन्सारीले बताए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु