adv

बालबालिकाले मास्क लगाउने विषयमा डब्ल्यूएचओले ल्यायो नयाँ नियम

काठमाडौं,७ भदौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन अनुरोध गरेको छ ।

यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरुले भने मास्क लगाउन सक्छन् । उनीहरुलाई मास्क कसरी लगाउने र कसरी निकाल्ने भन्ने कुरा राम्रोसँग सिकाउन संगठनले अभिभावकहरुलाई आग्रह गरेको छ ।

यसैगरी १२ वर्षमाथिका बालबालिकाहरुलाई भने वयस्कहरुकै जस्तै नियम लागु हुने संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले १२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गरी उक्त कुराहरु बताएको छ । जुन–जुन देशमा जे–जे नियम वयस्कहरुमा लागु भएको छ, त्यही नियम १२ वर्षदेखि माथिका बालबालिकाहरुलाई पनि लागु गर्नुपर्छ,’ डब्ल्यूएचओले भनेको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकाहरुले कोरोना भाइरस संक्रमण कति फैलाउँछन् भन्ने अझै स्पष्ट भइसकेको छैन तर उनीहरुबाट पनि कोरोना संक्रमण फैलिन्छ ।

साथै विश्व स्वास्थ्य संगठनले ६० वर्षभन्दा कम उमेरकालाई कपडाको मास्क लगाउन सुझाव दिएको छ । तर ६० वर्षभन्दा माथि र अन्य कुनै रोग भएकाहरुले भने मेडिकल मास्क लगाउनुपर्ने संगठनले जनाएको छ । बिबिसी

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु