काँकडभिट्टा , ७ भदौ । झापाकाे मेचीनगरबाट आईतबार एकजना चिकित्सकसहित ४ जना नाेवल काेराेना भाईरस संक्रमणबाट मुक्त भएका छन् ।
संक्रमण मुक्त हुनेमावडानम्वर १० मा रहेकाे आम्दा मेची अस्पताल धुलावारीमा कार्यरत २९ वर्षीय एक पुरूष चिकित्सकसहित वडानम्वर १० कै ६० र २४ वर्षीया एक। एक महिला र साेहि वडाका १३ वर्षीय किशाेर रहेका छन् ।
उनीहरू १ नम्वर प्रदेश सरकारकाे अनुदानमा नगरकाे ११ नम्वर वडामा नगरपालिकाले सञ्चालनमा ल्याएकाे काेभिड १९ अाईसाेलेसन सेन्टरबाट डिस्चार्ज भएका हुन ।
उनीहरूलाई अाईसाेलेसन सेन्टरका प्रमुख सविता निराैला, नगरपालिकाका सामाजिक विकास समिति संयाेजक तथा वडानम्वर ४ का वडाध्यक्ष नवीन वराल, वडानम्वर ११ का वडाध्यक्ष सन्ताेष मेचेले फुलका गुच्छा डिस्चार्ज सर्टिफिकेट प्रदान गरेर विदाई गरेको नगरका प्रेस संयाेजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।
यसअघि उहनीहरूको पीसीअार रिपोर्ट पाेजेटिभ अाएका कारण काेभिड १९ अाईसाेलेसनमा राखिएकाे थियाे । भदाै ५ गते गरिएकाे परीक्षणमा रिपोर्ट नेगेटिभ अाएपछि सुरक्षित तथा व्यवस्थितरूपमा हेाम क्वारेन्टाइनमा बस्ने गरि चारजनालाई डिस्चार्ज गरिएकाे संयाेजक बरालले बताए ।
याे सँगै नगरमा काेभिड १९ लाई जितेर घर फर्किनेकाे संख्या ९६ पुगेकाे छ । मेचीनगरमा संक्रमितकाे संख्या १ सय ६ जना रहेकाे र बाकीकाे विभिन्न काेभिड अस्पतालमा उपचार भईरहेकाे छ ।