ईलाम,७ भदौ । इलामको देउमाई नगरपालिकाका पाँच वटा वडा अनिश्चितकालका लागि शील गरिएको छ । कोभिड–१९ कोरोना रोकथाम तथा नियन्त्रण आपतकालिन समितिको बैठकबाट आज राती १२ बजेबाट लागु हुने गरी शील गर्ने निर्णय गरेको हो ।
भदौ ६ गते प्राप्त पिसिआर रिर्पोट अनुसार वडा नं ९ को जितपुर प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी र राँके रवि सडक आयोजनामा कार्यरत कामदार दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले उनीहरुसंग सम्पर्कमा आएकाहरुको रिर्पोट नआउन्जेल नगरपालिका भरी पाँच वडालाई शील गरिएको हो ।
पालिकाको वडानम्बर १,३,७,८ र ९ नम्बर वडालाई शील गरिएको पालिका प्रमुख सूर्यप्रसाद पोख्रेलले जानकारी दिए । पालिकाका सम्पूर्ण बजार क्षेत्रहरु, बैङ्क तथा वित्तिय सस्थाहरुका सम्पूर्ण सेवा बन्द गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण आपतकालीन समितिले जनाएको छ ।
पशु कृषिजन्य उपज ढुवानी, खाद्यान्न, निर्माण सामग्री तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि भने साझ ६ बजेदेखि विहान ६ बजेसम्ममा स्थानिय प्रहरीसँग सम्वनय गरी ढुवानी गर्न पाउनेछ ।
अन्य सवारी साधन भने पूर्ण रुपमा बन्द रहनेछ । तोकिएको मापदण्ड पालना नगर्ने र पालिकाको निर्यण उल्लङघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पालिकाले जानकारी दिएको छ ।