विर्तामोड,७ भदौ । झापाको दमकका एक जना पुरुषको कोरोना संक्रमणका कारण काठमाडौंमा उपरचारको क्रममा निधन भएको छ ।
दमक नगरपालिका वडा नं १ का का ५६ बर्षीय कोरोना संक्रमित पुरुषको काठमाडौंको ह्याम्पस अस्पतालमा मृत्यु भएको हो ।
पित्तथैलीमा भएको पथरीको शल्यक्रियाका लागि उक्त अस्पताल पुगेका उनको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ पाइएको हो।
ह्याम्स अस्पताल जान अघि ती पुरुष विराटनगरको नोबेल अस्पताल गएका थिए। त्यहाँ चिकित्सकलाई संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल रेफर गरिएको थियो।
ती पुरुषमा अस्पतालबाट संक्रमण सरेको हुनसक्ने दमक नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिए ।
मृतक पुरुषका परिवारका सदस्य तथा सम्पर्कमा रहेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम शुरु गरिसकिएको नगरपालिका कार्यालयले जनाएको छ।

