adv

प्रदेश १ सहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ ,८ भदौ । देशभर सोमबार दिउँसोको मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्।

सोमबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

अहिले बिहान देशभर सामान्य बदलीको अवस्था रही प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
हाल नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव हुनुको संगै बंगालको खाडीबाट भित्रिएको जलवाष्फ युक्त हावाको समेत सामान्य प्रभाव रहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु