adv
adv

वीरगन्जका मेयर विजयकुमार कोरोना संक्रमणबाट निको भए


वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कोरोनामुक्त भएका छन् । आईतबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सरावगीको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए । उनी २५औं दिनमा संक्रमणमुक्त भएका हुन् ।

गत साउन १४ मा काठमाडौंमा गरिएको परीक्षणमा सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई १२ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार आए पनि कोरोना रिपोर्ट भने पोजेटिभ नै आइरहेको थियो । मेयर सरावगीले आइतबार भएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताए ।

मेयर सरावगीका सम्पूर्ण परिवारमा पनि कोरोना पुष्टि भएको थियो । उनका बुबाको अहिले पनि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । परिवारका अन्य सदस्य कोरोनामुक्त भइसकेका छन् ।

केही दिनभित्रै महानगरवासीको सेवामा आफू जुट्ने र सबैको साथ र सहयोगबाट वीरगन्जलाई ग्रीनजोन बनाउन सकिने उनले बताए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु