adv

झापाको गौरादह नगरपालिका भदौ २२ सम्म लकडाउन


झापा ,८ भदौ । झापाको गौरादह नगरपालिका क्षेत्रमा आज बिहानदेखि लकडाउन गरिएको छ ।

आइतबार नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले भदौ २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।

लकडाउनअवधिभर तरकारी र खाद्यान्नका पसल हरेक दिन बिहान ९ बजेसम्म खुल्ने छन्। वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला राख्ने निर्णय भएको नगरप्रमुख रोहितकुमार साहले बताए।

आइतबार आएको रिपोर्टमा विद्युत प्राधिकरण कार्यालय गौरादहका एक कर्मचारी र कृषि क्याम्पसको क्वारेन्टिनमा रहेका एक जनासहित दुई जनामा संक्रमण पुष्टि भएपछि गौरादहमा लकडाउन गरिएको हो।

कोरोना संक्रमण देखिएका नेपाल विद्युत प्राधिकरण गौरादह शाखाका कर्मचारी मिटर रिडिङमा बस्तीबस्ती पुगेका थिए। उनी बस्तीबस्ती पुगेपछि संक्रमण समुदाय स्तरमा फैलिएको अनुमान गरिएको छ।

संक्रमितको सम्पर्कमा रहेका एकसय जनाको रिपोर्ट नआउँदै प्राधिकरणका कर्मचारी मिटर रिडिङ गर्न ग्राहकको घरघर पुगेका थिए। उनी कन्ट्र्याक ट्रेसिङमा परेका व्यक्ति हुन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु