adv

सुनको मूल्य आज पनि घट्यो ,प्रतितोला ९७ हजार नौ सय

काठमाडौँ,८ भदौ । सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु