adv
adv

पूर्व प्रेस चौतारीको पत्रकार उपचार कोषबाट ४ जना पत्रकारलाई सहयोग हस्तान्तरण


झापा । 
पूर्व प्रेस चौतारी झापाद्वारा स्थापित पत्रकार उपचार कोषबाट झापाका चारजना पत्रकारलाई उपचार सहयोग प्रदान गरिएको छ ।

कोषका संयोजक गोपाल काफ्लेको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच पत्रकारहरु धर्मेन्द्र भट्टराई, पुष्प बराल, प्रेम आचार्य र सुनिरा मैनालीलाई उपचार सहयोग स्वरुप प्रतिव्यक्ति नगद ५/५ हजारका दरले रकम प्रदान गरिएको हो ।

उपचार कोषका पूर्व संयोजकसमेत रहेका भट्टराई पोखरा जानेक्रममा बस दूर्घटनामा परेर गम्भीर घाइते भएका थिए । यस्तै बराल र आचार्यको मोटरसाइकल दूर्घटनामा परेर खट्टा भाँचिएको थियो । त्यस्तै मैनाली चाहिँ गृहमन्त्री रामबाबु थापाको सुरक्षामा खटिएका प्रहरीको बन्दुक पड्किएर निस्किएको छर्रा लागेर घाइते भएकी थिइन् ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष भिमा शिवाकोटी, सचिव सन्तोष आचार्य, प्रेस चौतारीका केन्द्रीय सदस्य तीर्थ सिग्देल तथा अग्रज पत्रकार माधव विद्रोहीले शुभकामना मन्तव्य राखेका थिए ।

यसैबीच, प्रेस संगठन झापाले आफ्ना सदस्य पत्रकारहरुका लागि तयार गरेको ‘प्रेस ज्याकेट’ आजैदेखि हस्तान्तरण सुरु गरेको छ ।

मुक्ति पौडेलको स्वागत र प्रदिप परियारको सञ्चालन रहेको कार्यक्रममा उपस्थित पत्रकारहरुलाई प्रेस ज्याकेट समेत वितरण गरिएको थियो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु