adv

दमकमा काेराेना परिक्षण रिपाेर्ट सबै नेगेटिभ

दमक, ९ भदाै । झापाको दमकमा पछिल्लाे पटक आएका सबै रिपाेर्ट नेगेटिभ रहेकाे छ । २०९ जनामध्य  १८१ जनाको कोरोना रिर्पोट नेगेटिभ आएकोमा सबै रिपाेर्ट नेगेटिभ आएकाे हाे ।

दमक नगरपालिका स्वास्थ्य शाखाका अनुसार दमकमा पछिल्लाे एक साता यता स्वाब संकलन गरी पीसिआर परिक्षणका लागि पठाइएकाे २०९ मध्ये १८१ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको जनाएको छ । २०९ मध्ये २८ जनाको रिर्पोट आउन बाँकी रहेकाे जनाएकाे छ ।

२०९ जनाको सो समुहमा बिध्युत प्राधिकरण , जीवन बिकास, टेलिकम , मालपोत कार्यलय र क्वारेन्टाइनमा बस्दै आएकाहरुका छन् ।

यसैबिच कोभिड अस्पताल तथा विभिन्न होम आइसुलेसनमा उपचाररत २२ संक्रमितको पनि नमुना पठाएकोमा ९ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले वताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु