adv

कमल गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

झापा, ९ भदाै । झापाकाे कमल गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणमा पठाइएकोमा समुदायका थप २ जनामा कोरोना पुष्टि हो ।

काेराेना संक्रमण पुष्टि हुनेमा कमल गाउँपालिका वडा नं. ३ का ४१ वर्षीया महिला र वडा नम्बर ६ का ६० वर्षीय पुरुष रहेका छन् । कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेका अनुसार संक्रमण पुष्टि भएका दुबै जनालाई शहीद धर्मभक्त माविको आइसोलेसनमा राखिएको छ ।

याेसँगै कमल गाउँपालिकामा संक्रमित संख्या १० पुगेकाे छ । ३ जना भने यसअघि नै निको भएर घर फर्किएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु