adv
adv

हराएको भनिएको ढुङ्गाका विषयमा सार्वजनिक गर्यो मेचीनगर नगरपालिकाले आफ्नो धारणा


मेचीनगर,९ भदौ ।
झापाको मेचीनगरपालिकाले मेचीनगर १ स्थीत तिरीङ क्षेत्रमा मेची नदिबाट गत बर्ष निकालिएको र मेचीनगर नगरपालिकाको संरक्षणमा रहेको ढुंगा ठेक्का लगाएको बिषयमा उत्पन्न बिवादका सन्धर्भमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

मंगलबार आफ्नै सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो पटक ढुङ्गाका विषयमा अनेक कोणबाट समाचार आइरहेको र यसमा नगरपालिकाको ध्यानाकर्षण भएको नगरप्रमुख विमल आचार्यले बताए ।

मेचीनगर— १ स्थित मेची नदीको तिरीङ पाटापुरक्षेत्रमा रहेका ७ हजार ६ सय १५ घन मिटर ढुङ्गा हराएको भन्ने समाचारमा कुनै सत्यता नभएको र उक्त ढुङ्गा लिलामी सूचनाका आधारमा नगरपालिकामा राजस्व जम्मा भई विक्री भएको बताइएको छ । उनले  ढुङ्गा नहराएको र अन्त नै स्थानान्तरण गरिएको पत्रकार सम्मेलनमा बताए ।

नगर प्रमुख आचार्यका अनुसार  जेठ ७ गते सोहि क्षेत्रका करीव दुईदर्जन बढी ट्याक्टर व्यवसायीहरुले वर्षाका कारण खोलामा बाढी आएपछि सवै ढुङ्गा पुरिने तथा बगाउने भएको कारण देखाउदैं संकलन गरिएका ढुङ्गा अन्त स्थानान्तरणसहित सहयोग तथा सहजकिरणका लागि वडानम्बर १ को वडा कार्यालयमा निवेदन दर्ता गराएको हो ।

ढुंगा हराएको र खोलाले बगाउने भए पछि वडा कार्यालयको रोहवरमा ठाउँ सारिएको नगरपालिकाले जनाएको छ । हराएको भनिएको ७ हजार ६ सय १५ घन मिटर ढुङ्गा विक्रीका लागि नगरपालिकाले पहिलो पटक असार ११ गते ढुङ्गा लिलाम विक्री सम्बन्धि सुचना प्रकाशित गरेको थियो । दोस्रो पटक साउन ५ गते ढुङ्गा लिलाम विक्री सम्बन्धि सार्वजनिक सुचना प्रकाशित गर्यो । दोस्रो पटक प्रकाशित भएको मेचीनगर १ तिरिङ पाटापुरक्षेत्रमा रहेको ७ हजार ६ सय १५ घन मिटर ढुङ्गा विक्री सम्बन्धि सुचना अनुसार पेश हुन आएको बोलपत्र साउन २० गतेको नगरपालिकाको निर्णय अनुसार स्वीकृत भएको थियो ।


नगरपालिकाले कानूनी प्रक्रिया अनुसार नै ढुंगा ठेक्का लगाएर राजश्व असुली गरेको बताउदैं त्यस क्षेत्रमा बर्षेनी मेची नदीबाट नदीजन्य पदाथ उत्खनन गरी लुकाई छिपाई सरकारी राजश्व नतिरी बिक्री बितरण हुने गरेको थियो । यो बर्षदेखि नगरपालिकाले प्रक्रिया पुरा गरेर करको दायरामा ल्याएको उपप्रमुख मिना उप्रेतीले  पत्रकार सम्मेलनमा बताईन् ।

चुरे संरक्षण क्षेत्रको कानून दुई देशको सिमानाको मेची नदिमा पुर्ण रुपमा कार्यान्वयन हुन नसकेका कारणले समस्या आएको नगरप्रमुख आचार्यको भनाई छ । अन्य नदीमा जस्तो मेचीनदीमा नेपालको कानून पुर्ण कार्यान्वयन हुदैन, भारत तर्फबाट अहिले पनि नदीजन्य सामग्री उत्खनन भइरहेको छ । त्यो हामी रोक्न नसक्ने उनको भनाई छ । भारतले जुन अवधिसमम नदीजन्य पदार्थ संकलन गर्छ नेपालतर्फबाट पनि त्यही गर्नुपर्ने उनको भनाइ छ ।

भारत तर्फबाट बर्षातको समयमा पनि दैनिक नदीजन्य पदार्थ लैजाने भए पछि नेपाल तर्फका स्थानीयले समेत खोलाबाट नदीजन्य पदार्थ निकालेर थुपार्ने गरेको हुनाले त्यही थुपारेको ढुङ्गालाई करको दायरामा ल्याउने काम मात्रै नगरपालिकाले गरेको नगरप्रमुख आचार्यले बताए ।

साथै मेचीनगर नगरपालिका नगरप्रमुख विमल आचार्यले नगरपालिकासँग जोडिएर आएका विषयमा समाचार बन्ने भए एकपटक नगरपालिकासँग सम्पर्क गरेर सत्य तथ्य र विश्वसनिय समाचार सम्प्रेषण गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेका छन्  ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु