adv

लागूऔषध (गाँजा) सहित पक्राउ पर्नेमा प्रेम र अमिर

इलाम । इलाम माङसेबुङका दुई जना युवा लागूऔषध (गाँजा) सहित पक्राउ परेकाे छ । पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउँपालिका–५ का १९ बर्षीय प्रेम राई र १७ बर्षीय अमिर लिम्बू रहेका छन् । माङसेबुङ देखि झापा तर्फ जादै गर्दा शसस्त्र प्रहरीले चुलाचुली ५ चपेटीबाट पक्राउ गरेको हाे ।

अन्दाजी २ किलोग्राम तयारी गाँजा लिएर झापा तर्फ जाँदै गरेका बर्ष १७ र १९ बर्षिय युवालाई सशस्त्र प्रहरी बेस क्याम्प चुलाचुलीका इन्चार्ज भोला खत्रीको कमाण्डमा खटिएको टोलीले चुलाचुली गाउँपालिका–५ चपेटी नजिकै जिरो प्वाइन्ट भन्ने स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई कानुनी पक्रिया पुरा गर्नका लागि प्रहरी चौकी पेल्टीमारीमा बुझाइएको इन्र्चाज खत्रीले जानकारी दिए । साथै  थप अावश्यकीय कारबाहीका लागि प्रहरी चाैकी पेल्टीमारीबाट जिल्ला प्रहरी कार्यालय इलाम पठाइसकिएकाे प्रहरी चाैकी पेल्टीमारीका इन्चार्ज जीवन कार्कीले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु