काठमाण्डाै ,१० भदौ । क्यारेवियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आवद्द क्लव जमैका तालावाजले गुयाना अम्याजन वारियर्सलाई पाँच विकेटले हराएको छ ।
नेपालका सन्दीपले आज पनि उत्कृट बलिङ गरे । सन्दीपले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए । यस्तै फिडेल एडवार्ड र मुजीब रहमानले ३/३ विकेट हात पारे । सन्दीप आवद्द टिमले चार खेलमध्ये दुई खेल जितेको छ र चौथो स्थानमा छ ।