adv

कुलमानको कार्यकाल थप्ने कुनै प्रस्ताव मन्त्रिपरिषद्मा गएको छैन : उर्जा मन्त्रालय


काठमाडौँ, ९ भदौ ।  सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई चार वर्षका लागि थप गर्ने बारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट कुनै प्रस्ताव नगएको मन्त्रालयको उच्च स्रोतले बताएकाे छ ।

आज मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको भन्ने समाचारहरू सामाजिक सञ्जालमा आएपछि राखिएको जिज्ञासामा मन्त्रालयका उच्च अधिकारीले सो कुरा बताएका हुन् ।’प्रस्ताव नगएको अवस्थामा प्रधानमन्त्रीले सीधै प्रस्ताव ल्याएर निर्णय हुनसक्छ तर त्यस्तो सम्भावना देखिँदैन’  ती अधिकारीले भने ।

त्यस्तै बालुवाटार स्रोतले पनि आजको क्याबिनेटमा सो एजेण्डा नभएको बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु