काठमाडौं, १० भदौ । सुनसरीकाे देवागंज कप्तानगंज सडकबाट लागूऔषध सहित एक युवा पक्राउ परेकाे छ । पक्राउ पर्नेमा देवागंज गाउँपालिका वडा नं. ६ बस्ने २२ वर्षाीय शिव शंकर यादव रहेका छन् ।
यादवलाई मंगलबार राति देवानगंज गाउँपालिका वडा नं. २ देवानगंज कप्तानगंज सडकबाट नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेकाे हाे । उनलाई एक सय एमएलको ९९ बोतल डाइलेक्स डिसीसहित प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।