adv
Advertise Expired !

दमकमा आज थप १५ जनामा काेराेना संक्रमण पुष्टि

दमक, १० भदाै । झापाको दमक नगरपालिकाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । दमकका औषधी ब्यवसायी सहित थप १५ जनाको कोरोना परिक्षणकाे रिपोर्ट पोजिटिभ आएको नगरपालिका स्वास्थ्य शाखाले बताएकाे छ ।

आज संक्रमण देखिएकामा २२ देखी ७२ बर्ष सम्मका ६ जना महिला र ९ जना पुरुषहरु रहेका छन् ।  संक्रमण देखिएकामा दमक वडा नम्बर १ का १ जना, वडा नम्बर ४ का होम क्वारेन्टाईनमा बसेका १ जना र कन्ट्याक ट्रेसिङका १ जना, वडा नम्बर ५ का १ जना, वडा नम्बर ६ का ५ जना, वडा नम्बर ९ का ६ जना रहेका छन् ।

उनीहरुको एक साता अघि स्वाब सङ्कलन गरेर परिक्षणका लागि विराटनगर पठाईएको थियो ।आज संक्रमण देखीएका मध्ये दुइजना औषधी ब्यवसायी हुन् । उनिहरु कसैमा पनि लक्षण भने नदेखिएको जनाईएको छ । यो संगै दमकमा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

संक्रमितहरु केहि नगरपालिकाको क्वारेन्टाइनमा रहे पनि अधिकांस भने होम क्वारेन्टाईनमा छन् । अहिले नगरपालिका स्वास्थ्य शाखाको आकस्मीक बैठक वसिरहेको छ । बैठकमा संक्रमितहरुको बसोवास क्षेत्रलाई सिल गर्ने बिषयमा छलफल भईरहेको बताईको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु