झापा,१० भदौ । प्रदेश १ मा आज १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार संक्रमित हुनेहरुमा मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रहथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा समान १ र प्रदेश १ बाहिरका ६ जना रहेको रहेका छन् ।
विराटनगर महानगरपालिकामा ४३, बुढीगंगा गाँउपालिकामा ३ महिला १ पुरुष, सुन्दरहरैचा नगरपालिकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ महिला ९ पुरुष, इनरुवामा १ महिला ३ पुरुष, बर्जुमा १ महिला २ पुरुष, दुहवीमा २ पुरुष , धरानमा १ महिलामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी, झापाको दमकमा ६ महिला ९ पुरुष, र गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ। पहाडी जिल्ला तेह्रहथुमको म्याङलुङमा ४ महिला ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ४० पुगेको छ। यस्तै ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हालसम्म प्रदेशभर डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ।

