झापा, १० भदौ । झापामा आज बुधबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा १२ जना स्थानीय बासिन्दा रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज थपिएकाहरु दमकका छ जना महिला र नौ जना पुरुष गरि १५ जना र गौरीगञ्जका एक जना महिला रहेकी छन् । जसमा १२ जना स्थानिय, दुई जना भारतबाट आएका र दुई जना औषधी विक्रेता रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यो संगै आजसम्म झापामा कुल संक्रमितको संख्या ५३३ पुगेको छ ।

