adv
Advertise Expired !

सुनको भाउ तोलामा ८ सय रुपैंयाले बढ्यो

काठमाडौं, ११ भदौ । नेपाली बजारमा एक साता देखि ओरालो लागेको सुनको मूल्य बिहिबार फेरि बढेको छ । आज सुनको मूल्य तोलामा ८ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १ सय निर्धारण गरिएको छ ।

हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा झरेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैंयाले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा रहेको महासंघले जनाएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु