
झापा । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन र गायक तथा संगितकार ब्रबिम सेर्मा ‘चेसुङ’ को ‘कोक्मा फाङ्जङ्’ बोलको लिम्बु भाषिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली तथा लिम्बु भाषिक दर्जनौ एल्वम् तथा गीतहरुले दर्शक श्रोताको मन जितिसकेका गायक ब्रबिम र गायिका सृजना जबेगुको अवाजमा भरिएको गीतको भिडियो युट्यूव च्यानल “ओरिजिन नेपाल” मार्फत सार्वजनिक गरिएको हाे ।
डिल्ली विक्रम सेर्मा र गायक व्रबिम दुबैजनाको शब्द र संगीत रहेको गीतलाई टेकेन्द्र यक्सोले एरेञ्ज गरेका छन् ।
गायक ब्रबिम,चन्दा लिम्बु,सनय सेर्मा,नुनाम केरुङ र सुमन लामाको अभिनय रहेको भिडियो पान्थरको ऐतिहासिक र मनोरम स्थानहरुमा छायाङकन गरिएको छ ।
वैवाहिक सम्बन्धका लागी केटी माग्न जादा केटाले बाटोमा कल्पना गरेका अनि केटि पनि आफ्नो मन पराएको प्रेमीको सम्झनामा डुबेको प्रेमिल भावलाई सुन्दर ढंगले निर्देशन गरेका छन् भुपेन्द्र तुम्बाहाङफेले । भिडियो पनि भूपेन्द्रले नै खिचेका हुन् ।
( भिडियो हेर्न तल क्लिक गर्नुहोला )

