झापा । प्रदेश १ मा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका समान १ जनामा कोरोना पुष्टि भएको छ।
मन्त्रालयका अनुसार विराटनगरमा २० महिला र १८ पुरुष गरी ३८ जना संक्रमित थपिएका छन्। त्यसैगरि मोरङको कटहरी गाँउपालिकामा ३ महिला र ४ पुरुष र सुन्दरहरैंचा नगरपालिकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
सुनसरीको दुहवी नगरपालिकामा ४ महिला र ८ पुरुष, इटहरी उपमहानगरपालिकामा २ महिला र ८ पुरुष, गढी गाउँपालिकामा २ महिला र २ पुरुष, रामधुनी नगरपालिकामा ४ पुरुष, बर्जु गाँउपालिकामा ३ पुरुष, धरान उपमहानगरपालिकामा १ महिला र २ पुरुष, इनरुवा नगरपालिकामा १ महिला र १ पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
संखुवासभाको खाँदबारीमा ४ पुरुष, इलामका इलाम नगरपालिकाका १ महिलामा समेत संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ। यससंगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ।
यस्तै प्रदेशबाट ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ३६, मेची अस्पताल झापाबाट ९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, काली सदन आइसोलेसन, विराटनगरबाट १ र होम आइसोलेसनबाट २९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। हालसम्म प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९६ पुगेको छ।

