adv

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु,नेपालमा मृतक संख्या १८३ पुग्यो

झापा, ११ भदौ । नेपालमा कोरोना भाइरस संक्रमणाट आज थप आठ जनाले ज्यान गुमाएका छन् । जसमा पाँच जना महिला र तीन जना पुरुषकको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  कोरोना संक्रमणबाट मृत्यु हुनेमा ललितपुरका ६५ वर्षीया एक जना, बाराका २३ वर्षीया एकजना, कास्कीका ३२ वर्षीया एकजना, रुपन्देही र बाँकेका ७० वर्षीया एक/एकजना महिला रहेका छन् ।

त्यसैगरी काठमाडौँका ८४ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५० वर्षीया पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु