
काठमाडौँ ,११ भदौ । नेपाली बजारमा सुनको मूल्य आज फेरी घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँ कारोबार भएको थियो।
चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

