काठमाडौं,१२ भदौ। अर्बपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको बताएका छन्। तर आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।


