
झापा,१२ भदौ । झापामा आज शुक्रबार थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार कमल गाउँपालिकाका २ महिला,७ पुरुष , भद्रपुर नगरपालिकाका १ पुरुष , शिवसताक्षी नगरपालिकाका १ महिला , मेचीनगर नगरपालिकाका ३ पुरुष तथा हल्दीबारी गाउँपालिकाका १ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु कमल गाउँपालिकाका ९ जना स्थानीयबासीहरु हुन् भने अन्य भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

