adv
adv

५ नाल भरुवा बन्दुकसहित २ जना पक्राउ

बाजुरा, १२ भदौ  । बाजुराकाे बडिमालिका नगरपालिकाबाट लुकाएर राखेको ५ नाल भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बडिमालिका नगरपालिका ७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने ५५ वर्षीय धन बहादुर विक र ३५ वर्षीय सौरे लुहार रहेका छन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर छेउमा लुकाई राखेको अवस्थामा लोड गरेको उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु