adv

नेपाल आईडल सिजन-३ को विजेता बनिन् सज्जा

काठमाण्डौ । नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी छिन् ।

फर्स्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअप किरणकुमार भुजेल बने । फाइनलमा सज्जा सँगै प्रवीण बेडवाल त किरण कुमार भुजेल पुगेका थिए ।

सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् ।  यसैगरी प्रवीणले १० लाख र किरणले पाँच लाख नगद प्राप्त गरेका छन् ।

आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको छ ।

आइडल प्रोजेक्ट हेड सुरेश पौडेल हुन् । उनका अनुसार कोभिड–१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन गरिएको हो  कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्।

मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ।

कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन्। बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन्।

सज्जा पहिलो महिला आईडल विजेता बनेकी छिन् ।योभन्दा अगाडी पहिलो सिजनका बिजेता बुद्द लामा भएका थिए भने दोश्रो सिजनका बिजेता रवि ओड भएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु