adv

कोरोनाबाट विश्वभर १ करोड ७२ लाखभन्दा धेरै व्यक्ति निको भए

काठमाण्डौ ,१३ भदौ । विश्वभर एक करोड ७२ लाखभन्दा धेरै व्यक्ति कोरोना सङ्क्रमणबाट निको भएका छन् ।

वल्ड्रोमिटरका अनुसार यो समाचार तयार पार्दासमम अहिलेसम्म दुई करोड ४८ लाख ९० हजार जनामा सङ्क्रमण देखिएकोमा एक करोड ७२ लाख ७५ जना निको भएका छन् ।

विश्वभर आठ लाख ४० हजार पाँच सयको ज्यान गइसकेको छ । सबैभन्दा धेरै अमेरिकामा ६० लाख ९३ हजार जनामा सङ्क्रमण देखिएकोमा ३३ लाख ७० हजार जना निको भएका छन् भने एक लाख ८५ हजार नौ सय जनाको ज्यान गएको छ ।

ब्राजिलमा ३८ लाख १२ हजार जनामा सङ्क्रमण देखिएकोमा एक लाख १९ हजारको ज्यान गएको छ । छिमेकी देश भारतमा ३४ लाख ६१ हजार जना सङ्क्रमित भएका छन् । २६ लाख ४७ हजार निको भएका छन् ।

भारतमा ६२ हजार सात सय जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा ७६ हजार सङ्क्रमित थपिएका छन्,एक हजार १९ जनाको ज्यान गएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु