काठमाडौँ ,१३ भदौ । प्रदेश नम्बर १ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौमसविदले बताएका छन्।
देशभर शनिबारको मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुुमान महाशाखाले जनाएको छ।
शनिबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापीय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिएको मौसमविदले बताएका छन्।

