झापा ,१३ भदौ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ। पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएसंगै संक्रमित संख्या ३७ हजार ३४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० जार ५ सय ५५ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार ९ सय ७१ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म ६ लाख ६९ हजार ६२६ पीसीआर परीक्षण भएको छ।
हाल सक्रिय संक्रमित १६ हजार ५७८ रहेकाे छ। क्वारेन्टिनमा ८ हजार ३५ जना रहेका छन्।

