adv

झापामा दमकका १६ जनासहित थप १९ जना संक्रमित थपिए

झापा,१३ भदौ । झापामा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक बिकास मन्त्रालयका अनुसार संक्रमित हुनेहरु दमकको मात्र १६ जना रहेका छन् । जसमा ७ महिला र ९ पुरुष रहेका छन् ।

यो सँगै दमकमा हाल कुल काेराेना भाइरस संक्रमितको संख्या ९७ पुगेको छ । यस्तै झापा गाउँपालिकामा १ महिला २ पुरुषमा कोरोना देखिएको छ ।

 त्यस्तै  झापा गाउँपालिकामा १ महिला र २ पुरुष रहेका छन् । आज झापाका जम्मा १९ जनामा कोरोना देखिएको हो ।

प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा समान १९जना, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु