adv

सेतोपत्र डटकम समाचार पोर्टल आजदेखि सुरु

झापा,१४ भदौ । झापाबाट सेतोपत्र डटकम समाचार पोर्टल आजदेखि सुरु भएको छ  ।

आइतबार एक कार्यक्रमका बीच मेचीनगरका प्रमुख बिमल आचार्यले पहिलो क्लिक गर्दै सेतोपत्र अनलाईनको शुभारभ्भ गरेका हुन्  ।

अहिलेसम्म नलेखिएका र नहेरियाका आम नागरिकका कथा प्रकाशन प्रसारण गर्ने उद्देश्यका साथ स्थापना भएको सेतोपत्रको शुभारभ्भ कार्यक्रममा बोल्दै नगरप्रमुख आचार्यले आम नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने बिषयहरु मेचीनगरमा प्राथमिकतामा नपरेको बताउँदै त्यस्ता बिषयलाई सेतोपत्रले उठान गर्न आग्रह गरे  ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य केशबराज पाण्डे, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य मोहन काजी, पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य, मेचीनगर नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, मेचीनगर लेडि जेसीजका अध्यक्ष तुलशा दंगाल लगायतले आम नागरिकका पक्षमा वकालत गर्न सेतोपत्रलाई आग्रह गरेका थिए  ।

झापाको मेचीनगर ७ इटाभट्टामा कार्यालय रहेको सेतोपत्रको प्रकासक तथा सम्पादकका रुपमा पत्रकार ज्ञानेन्द्र निरौला रहेका छन्  ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु