adv
Advertise Expired !

सामूहिक बलात्कार गरेको आराेपमा चार पक्राउ

कैलाली, १४ भदौ । कैलालीको जानकी गाउँपालिकामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

बलात्कारको आरोपमा जानकी गाउँपालिका– ९ का दीपक कडारा, सोही वडाकै लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूधन न्यौपानेले बताए ।

पक्राउ परेका चारैजनालाई म्याद थपका लागि जिल्ला अदालत लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रमुख न्यौपानेले बताए ।

जानकी गाउँपालिकाकी १७ वर्षीया युवतीमाथि गत भदौ ११ गते राति आफन्त काकाको घरबाट आफ्नो घरमा आउने क्रममा युवाहरूको समूहले बीचबाटोबाटै नियन्त्रणमा लिई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु