झापा,१४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३७२, ललितपुरका १२, भक्तपुरका ४५, इलामका १, ओखलढुङ्गाका ४, झापाका ११, पाँचथरका १, मोरङका ४९, संखुवासभाका २, सुनसरीका ३३, धनुषाका ७५, पर्साका ४६, बाराका ८२, महोत्तरीका ३७, सप्तरीका ६, सर्लाहीका ३४, सिरहाका २६, काभ्रेका २५, चितवनका ९०, धादिङका ३, मकवानपुरका ९, रामेछापका १, सिन्धुपाल्चोकका २, सिन्धुलीका ५ र कास्कीका ५ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै गोरखाका ५, तनहुँका ४, नवलपरासीका २, बाग्लुङका ३, अर्घाखाँचीका ३, कपिलवस्तुका २५, गुल्मीका ६, दाङका ५, नवलपरासीका २१, पाल्पाका ८, प्यूठानका ५, बर्दियाका ६, बाँकेका १४, रुपन्देहीका ६१, अछामका ८, कञ्चनपुरका १, कैलालीका ६, डोटीका ११, दार्चुलाका २ तथा बझाङका ४७ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ।

