adv

नेपालमा कोरोना संक्रमणबाट एकैदिन १४ जनाको मृत्यु

झापा,१४ भदौ । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र १० पुरुषको मृत्यु भएको हो।

सुनसरीमा ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष गरी दुई जना, बारामा ४७ वर्षीया महिला, महाेत्तरीमा ६२ वर्षीया महिला तथा ७० र ३५ वर्षीय पुरुष गरी तीन जना, काठमाडाैँमा ७२ वर्षीया महिला, मोरङमा ६२ वर्षीय पुरुष, राैतहटमा ३० वर्षीय पुरुष, ललितपुरमा २९ वर्षीय पुरुष, भक्तपुरमा ६५ वर्षीय पुरुष,  नवलपरासीमा ६२ वर्षीय पुरुष तथा रुपन्देहीमा ५७ र ६७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय २१ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु