झापा,१४ भदौ । झापामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार संक्रमितहरु झापाको कनकाई नगरपालिकाका २ जना महिला र ६ जना पुरुषर हेका छन् ।
उनीहरु कनकाई नगरपालिकाका वडा नं ३, ७ र १ का स्थानीयबासीहरु हुन् । योसंगै झापामा कोरोना संक्रमितको संख्या ५७६ पुगेको छ ।

