adv

निर्मला पन्तलाई न्याय दिन भन्दै नेपाल प्रेस युनियनकाे वेवसाइट ह्याक

काठमाडौ, १५ भदौ । निर्मला पन्तलाई न्याय दिन भन्दै नेपाल प्रेस युनियनको वेवसाइट ह्याक भएको छ । नेपाल प्रेस युनियनको साइट लगइन गर्दा निर्मला पन्तको फोटो सहित ह्याक भएको जानकारी दिइएको छ । नेपाल प्रेस युनियनकाे वेवसाइट www.nepalpressunion.org.np ह्याक गरेकाे हाे ।

इन्डियन साइवर ट्रुप्स नामक समूहले साइट ह्याक गरी पन्तको फोटो सहित जस्टिक फर निर्मला पन्त लेखिएको ब्यानर राखेका छन् ।उनिहरूले व्यानरमा लेखेका छन् “सात सय ५० दिनसम्म नेपाल सरकार मौन रहेको छ, हामि निर्मला पन्तको न्याय चाहान्छौ ।”

२०७५ साउन १० गते साथी रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । तर, हालसम्म घटनाको दोषी पत्ता गराउन सकेको छैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु