adv

सुनसारी र झापामा पानीमा डुबेर २ जनाको मृत्यु

सांकेतिक तस्वीर

बिराटनगर, १४ भाद्र। सुनसरी र झापाका २ स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ ।

सुनसरीको ईनरुवा नगरपालिका ८ बस्ने कर्मुल मियाको १२ बर्षीय छोरा बसिम मियाको घर नजिकै जमेको पानीमा शनिवार दिउँसो माछा मार्ने क्रममा डुबेर मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी झापाको भद्रपुर नगरपालिका ४ महेशपुर बस्ने १८ बर्षीया कमला चेम्जोङको देउनिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । शनिवार अपरान्ह साँढे ४ बजेको समयमा निगुरो टिप्न गएको अवस्थामा उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेर चेम्जाेङ घाईते भएकी थिइन् ।

चेम्जोङलाई संगै गएकी साथीले देखि प्रहरी चौकी महेशपुरमा खबर गरेसँगै तत्काल खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागी ओमसाई अस्पताल भद्रपुर पठाएको थियो ।

चेम्जोङको उपचारको क्रममा अपरान्ह ५ बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु