adv

सुनको भाउ ३ सय रुपैंयाले बढ्यो

झापा,१५ भदौ। सुनको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार दुई सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ९६ हजार सात सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु