adv

९ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पूर्व भारतीय सैनिक पक्राउ

काठमाडौँ ,१५ भदौ । कास्कीमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ५५ वर्षीय पुरुष पक्राउ परेका छन्।

कास्की प्रहरीले पोखरा महानगरपालिकाका रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ।  गुरुङ पूर्व भारतीय सैनिक हुन्। उनले सुवेदारबाट अवकाश पाएका थिए। पीडित बालिका, गुरुङको छिमेकीकी छोरी हुन्।

प्रहरीका अनुसार पीडित बालिकालाई गुरुङले चार-पाँच महिनादेखि आफ्नै घरमा बोलाएर जबर्जस्ती करणी गर्दै आएका थिए।

‘बालिका, गुरुङको घरमा नियमित गइराखेको देखेपछि अभिभावकले सोध्दा घटनाबारे खुलेको हो’, घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘ गुरुङले बालिकालाई घरमा बोलाएर अश्लिल भिडियोसमेत देखाउने रहेछन्।’

पीडितका परिवार प्रहरीकहाँ उजुरी गर्न पुगेपछि गुरुङ केही दिनअघिदेखि फरार रहेको कास्की प्रहरी प्रमुख जिवन श्रेष्ठले जानकारी दिए। एसपी श्रेष्ठले गुरुङलाई आइतबार पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बताए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु